site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्ता लामो बसाइका लागि आज राति सिंगापुर जान लागेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद समेत रहेकी श्रीमती आरजु राणासहित उनी उपचारका लागि त्यसतर्फ जान लागेको बताइएको छ ।

कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर जान लागेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज बेलुका ११ बजे सिंगापुर एयरलाइन्सको उडानबाट सभापतिज्यू सिंगापुर जाँदै हुनुुहुन्छ,” विश्वकर्माले बाह्रखरीसँग भने, “उहाँ नियमित स्वास्थ्य जाँचका लागि जान लाग्नुभएको हो ।”

देउवामा कुनै विशेष रोग नभएको र नियमित स्वास्थ्य जाँचका लागि जान लागेको उनले जानकारी दिए ।

विश्वकर्माका अनुसार देउवा दम्पती असार ६ गते नेपाल फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्