site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आदिपुरुष’को त्रुटि नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिँदैनौँ : बालेन

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म काठमाडौं महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको छ । 

मेयर बालेन शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेको छ । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको तर्क छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन्, "दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।"

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्