site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली परीक्षार्थी पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गलकोट । सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन् । नेपालीलाई अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्