site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ती भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वर्तमान सरकार पाँच वर्षसम्म नै टिक्ने दाबी समेत गरे । उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे ।

उनले भने, "प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ती हो त्यो भन्दा बाहिर जाँदिन । ३६ हजार १०० प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने तीन घण्टामा सकिन्छ, गरेर देखाउँ न । यो सरकार ढल्दैन, पाँच वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ ।"

मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढीरहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्