site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि

काठमाडौं । सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनोट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् ।

जसअनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब,  एपीएफ क्लब, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति–प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ वागढुंगा स्पोर्ट्स क्लब रामेछाप गरी आठ क्लबको सहभागिता हुनेछन् ।

महिलातर्फ नेपाल पुलिस, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्ने संघले जनाएको छ । संघका अनुसार प्रतियोगीताको अनुमानित खर्च करिब ७५ लाख रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्