site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेलाई बदनाम गर्न जलहरीको विषयलाई उचालियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, “जलहरी विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको थियो, अन्य विषयमा कुनै सरोकार छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद्मा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे ।

ओलीले उद्घाटन र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भएपनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि उनको भनाइ छ । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्