site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय खेलकुद परिषद्को कार्यसमितिमाथि छानबिन गर्न लोकतान्त्रिक खेलकुद संघको माग

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले वर्तमान खेलकुद परिषद् (राखेप) कार्यसमितिमाथि छानविन गर्न माग गरेको छ ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राज्यबाट दिइएको उपदानमाथिको स्वेच्छाकारी खर्च, अनियमितता र भ्रष्टाचार भएको भन्दै वर्तमान खेलकुद परिषद् कार्यसमितिमाथि छानविन गर्न माग गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघले नवौँ राष्ट्रिय खेदकुदमा पनि भ्रष्टाचार भएको शंका देखाउँदै सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायत खेल पूर्वाधारका लागि खर्च भएको विवरण र निणर्यसहितको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ ।

यस्तै, १९औँ एसियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तत्काल व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरूको औचित्य पुष्टि गर्न पनि माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले राज्य र खेलकुद परिषद्बाट वर्षमा एकपटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगिता गर्ने व्यवस्था मिलाउन पनि माग गरेको बताए । उनले खेलकुद क्षेत्रमा कुनै पनि बहानामा हुने अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने र परिषद्का गतिविधिहरूलाई पारदर्शी गर्नुपर्ने बताए ।

संघले खेलाडीहरू आफ्नो खर्चमा आवतजावत गर्ने भए पनि परिषद्का सदस्य सचिवले खर्चको दुरुपयोग गर्दै मासिक दुई लाख भन्दा बढीको भाडाको गाडी चढ्ने गरेको भन्दै यस्ता खर्चलाई खेलाडीको हकहितमा प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै, संघले खेल संघ गठनको अन्तर्राष्ट्रिय मान्यता भनि संविधानसँग बाझिने ऐनको व्यवस्था तुरुन्त खारेज गर्न माग गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्