site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाइ गठन गर्नेछौँ : खेलकुदमन्त्री
फाइल तस्बिर।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाइ गठन गर्ने योजना रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बूले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च नौ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाइ गठन गर्ने योजना रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक वर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगिता आयोजना गरेर पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ छ । क्रिकेटको सफलतालाई मध्यनजर गर्दै कीर्तिपुर, मुलपानी, विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उनले बताए ।

मन्त्री लिम्बूले राष्ट्रिय खेलाडीहरुको जीवन बिमा गरेर ढुक्कसँग खेल खेल्ने अवसर सरकारले प्रदान गर्ने जिकिर गरे । उनले १५ वर्षमुनिका बालबालिकालाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट विकास गर्न आगामी आर्थिक वर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्