site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'देशको आर्थिक अवस्थाका कारण मन्त्री भए पनि  काम गर्न सकिने अवस्था छैन'

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले देशको आर्थिक अवस्थाका कारण सरकारमा रहेर पनि आफूले चाहेका सबै काम गर्न सकिने अवस्था नरहेको बताएकी छन् । 

पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार उनले पार्टीले सरकारमा पठाएर काम गर्ने जिम्मेवारी दिए पनि बजेट अभावका कारण विकास निर्माणका थुप्रै काम प्रभावित भएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहरी विकासमन्त्रीसमेत रहेकी गुरुङले सरकारमा गएपछि बजेट बनाउने काममा ध्यान दिनुपर्दा पार्टीले चाहेअनुसार कार्यक्रम ल्याउन नसकिएको बताइन् । 

“‘हामी चैत्र १७ गते सरकारमा गयौँ । छोटो समयमा बजेट बनाउनुपर्दा पार्टीले चाहेका सबै नीति कार्यक्रम र योजनामा ध्यान पुर्‍याउन नसकिएको अवस्था छ,” उनले भनिन्, “देशको आर्थिक अवस्थाका कारणले पनि समस्या परेको छ । राम्रो गर्छु भन्ने अवश्य छ । तर, देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन ।”

गुरुङले कांग्रेसको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान आएको भन्दै त्यसको पूर्ण कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताइन् । उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने तर्क गरिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्