site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सरकारविरुद्धको रिटमा भएन आदेश, हेर्दाहेर्दैमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज आदेश भएन । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा आदेश नभएको हो । 

रिटमाथिको बहस सकिए पनि आज आदेश जारी नभएको हो । रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । पूर्ण इजलासमा आज कोसी प्रदेश सरकारविरुद्धको रिट मात्र राखिएको थियो ।

कोसी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्