site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा,  यी हुन् आज धेरै भारी वर्षा हुने क्षेत्र 
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती  गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

काठमाडौंका केही भू–भागमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस  प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली  रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावाहुरीले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने भन्दै विभागले सचेत रहन आग्रह गरेको छ । 

नेपालमा अहिले मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको  प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर  स्थान भन्दा  उत्तरतिर रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्