site stats
बाह्रखरी :: Baahrakhari
कला
कामपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल
फाइल तस्बिर  

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कामपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म क्षेत्र भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को सुरुमा आउने बताइन् । 

उमपेयर डंगोलले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन चलचित्र नै एउटा माध्यम भएकाे बताइन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्