site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले भोटको बदलामा जातीय राज्य दिन्छु भन्न मिल्दैन : शेखर कोइराला
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।

“देश अराजकतातिर बढ्न गएको भन्ने खबर २/३ दिन पहिले कहिले हो, काठमाडौंका मेयरले जुन बोल्नुभयो, एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन,” उनले भने, “देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देउ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भीर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरुले पनि लिनुपर्छ ।”

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्