site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभाको बैठक भदौ २० मा बस्दै

मनहरि । वाग्मती प्रदेशसभाको बैठक भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ ।

दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशसभा बैठकको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले सरकारले विगतमा गरको सहमति कार्यान्वयनन गरेको भन्दै सदन चल्न नदिने चेतावनी दिएका थिए ।

बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो । तर, त्यसबीचमा पनि दलहरुबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालनका लागि दलहरुबीच पटक–पटक छलफल चलाए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको बताए ।

प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । एमालले यसअघि सरकारले बजेटमा विपक्षी दलको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेका कारण समस्या भएको बताएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्