site stats
बाह्रखरी :: Baahrakhari
देश
अन्तर्राष्ट्रिय समुदायले भन्यो– नेपालको संविधानको जटिल प्रक्रिया र घोषणामा नेम्वाङले निर्णायक भूमिका खेले

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गरेका छन् ।

नेपालको लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंङ्गर हाम्दीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत नेपालको संविधान निर्माणमा नेम्वाङले निर्णायक भूमिका खेलेको बताएकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उनको असाधारण नेतृत्व र अटल समर्पणले नेपालको संविधानको जटिल प्रक्रिया र घोषणामा निर्णायक भूमिका खेलेको थियो,” हाम्दीले भनेकी छन्, “समृद्ध नेपाल बनाउने उहाँको प्रतिबद्धताका लागि उहाँको सम्झना हुनेछ ।”

नेपालको लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नेम्वाङको निधनको खबरले आफू दुःखी बनेको बताएका छन् ।

अमेरिकी राजदूत थम्पसनले सामाजिक सञ्जालमा भनेका छन्, “लोकतान्त्रिक र समृद्ध नेपाल निर्माण गर्ने उनको प्रतिबद्धता धेरैका लागि प्ररणाको स्रोत थियो । उनको परिवारका सदस्यहरू, साथीहरू र सहकर्मीहरूप्रति गहिरो समवेदना छ ।”

नेपालको लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले पनि सामाजिक सञ्जाल एक्समार्फत नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् ।

नेपालको लागि भारतीय पूर्वराजदूत रन्जीत रेले नेम्वाङ संविधानवादी भएको बताएका छन् । “उहाँ महान् संविधानवादी हुनुहुन्थ्यो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेम्वाङले कठिन समयमा संविधानसभाको सफलतापूर्वक अध्यक्षता गरेको रेले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्