site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा माटोको ढिस्कोले पुरिँदा किशोरको मृत्यु
सांकेतिक तस्बिर ।

रेसुंगा । गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रेसुंगा नगरपालिका–३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए । घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टमपश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।  रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्