site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्यकर्मीलाई देशमै बस्ने वातावरण मिलाउन सरकारसँग मेयर बालेनको आग्रह
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाएर देशमै रहेर १०० वर्ष बिताउने वातावरण सिर्जना गनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको भन्दै उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्