site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक आन्दोलनका केही फरक दृश्य (तस्बिरसहित)

काठमाडौं । देशभरका सामुदायिक विद्यालयका पेन्सनबाट वञ्चित र विभिन्न वर्गका अस्थायी शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन् । त्यसमा राहत, बाल विकास, विशेष विद्यालयका शिक्षक, विद्यालय कर्मचारीलगायत छन् । 

नेपाल शिक्षक महासंघले नेतृत्व गरेको आन्दोलन असोज ३ देखि ५ गतेसम्म चल्यो । ५ गते सरकारसँग ६ बुँदे सहमति भएसँगै त्यसमा चित्त बुझेका शिक्षक जिल्ला फर्किए । तर, ४० हजार राहत शिक्षक, ३६ हजार बाल विकास, ३२ हजार पेन्सन वञ्चित र ३२ हजार कर्मचारीलगायतको नेतृत्व गरिरहेका शिक्षक नवौँ दिनसम्म पनि माइतीघर नयाँ बानेश्वर सडकमा चर्को नाराबाजी गरिरहेका छन् । 

Teacher-(8)-1695908395.jpeg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार मात्रै विभिन्न जिल्लाबाट ५० वटाभन्दा बढी बस रिजर्भ गरी शिक्षक काठमाडौं भित्रिएको नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिका महासचिव कुमार बजगाईंको दाबी छ । 

बुधबार जुलुस लिएर बानेश्वरतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग ठेलमठेल भयो । सातजना शिक्षक सख्त घाइत भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेको बजगाईं बताउँछन् ।

Teachers--1695908365.jpg

तर पनि आफ्ना माग पूरा गर्न अपांगता भएकादेखि दुधे बालक बोकेका शिक्षक यतिखेर काठमाडौंको तातो सडकमा उत्रिएका छन् । कहिले नाचगान र रचनात्मक क्रियाकलाप गरेर समय बिताउँछन् त कहिले सडकछेउका रुखमुनिको शीतलमा बस्छन् ।

Teacher-(5)-1695908411.jpeg

सडकबीचमै बेचिने काँक्रो, फलफूल, पोलेको मकै, खजुरी र पानी शिक्षकको दैनिक खाजाजस्तै बनेको छ । कोही थकित भएर कोही रुखमुनि नै निदाइरहेका देखिन्छन्, कोही तलतल मेट्न सडकछेउमा बसेर सुर्ती माडिरहेका ।

यता आन्दोलनका कारण सडकमै व्यापार गर्ने साना व्यापारीहरूलाई पनि फाइदै भएको बताउँछन्, कहिले त पानीको गाडी नै सडकमा राखिएको देखिन्छ । 

Teachers--1-1695908364.jpg

त्यसो त सडकमै खटिने सुरक्षाकर्मीको पनि भोक, प्यास र पीडा कम छैन । तर, बानी परेका र नपरेका पेसाकर्मीको अनुभव फरक छ । जे होस्, आफ्ना मागहरू पूरा नभएसम्म घाइते त के गोली नै खानु परे पनि सडक नछोड्ने आन्दोलनबाट पछि नहट्ने शिक्षकहरूको अडान छ । 

Teacher-(6)-1695908413.jpeg

Teacher-(2)-1695908409.jpg

Teachert-1695913805.jpg

Teacher-(1)-1695908403.jpg

Teachers-Day-1695913805.jpg

Teacher-(1)-1695908396.jpeg

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्