site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान, पेट्रोलियम पदार्थको मूल्यबारे निर्णय गरिने
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायत विषयमा बैठकमा छलफल गरिनेछ । त्यसअघि, आजै प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरोकारवाला निकायका पदाधिकारीसित छलफल गर्ने सचिवालयले जनाएको छ ।

“नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ,” सचिवालयले भनेको छ, “यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।”

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्