site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रेम, जिम्मेवारी र बदलाको कथा समेटिएको ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक ४ गते रिलिज हुने चलचित्रको ट्रेलर आज काठमाडौंमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेश हुन्छ । यसपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा नै यो चलचित्रको मुख्य कथानक हो ।

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्