site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारीमा बचत सीमा हट्यो, क्यासिनो ५ किलोमिटर दुरीमा चलाउन पाइने !

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई पारित गरेको छ । समितिले बुधबार व्यक्तिगत बचतको सीमालाई हटाएर विधेयक पारित गरेको हो । 

“सर्वदलीय सहमतिमा बचत सीमा हटाएर विधेयक पूर्ण सहमतिमा पारित गरेका छौँ,” समितिका सदस्य जीवन परियारले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपसमितिले प्रतिवेदनमा ‘विधेयकमा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय’मा सहमति जुटाउन नसकिएको बताएको थियो । सहमति जुटाउन कानुनमन्त्रीसहित समिति सभापति, कांग्रेस, एमाले, रास्वपाका सचेतकहरू बसेर सहमति जुटाउने प्रयास गरेका थिए ।

तर, सहमति जुट्न नसकेपछि बचत सीमालाई हटाएर विधेयक पारित गरिएको हो । 

यस्तै, क्यासिनो खोल्ने विषयमा पनि सहमति जुटेको छ । क्यासिनो अन्तर्राष्ट्रिय सीमाभन्दा करिब पाँच किलोमिटर दुरीमा खोल्न अनुमति दिने सहमति भएको छ । 

आउने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरिने परियारले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्