site stats
बाह्रखरी :: Baahrakhari
देश
अदालतमा दसैँ बिदा, कात्तिक १२ गते मात्र खुल्ने

काठमाडौं । सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु भएको छ । अदालतमा एकैपटक १५ दिनका लागि बिदा गरिएको हो ।

सर्वोच्च प्रशासनले आइतबार सूचना निकालेर आउँदो कात्तिक ११ गते अर्थात् कोज्रागत पूर्णिमका दिनसम्म अदालत बिदा हुने जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवधिमा बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा भने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक सुनुवाइ हुने जनाइएको छ ।

“बडादसैँ, २०८० को उपलक्ष्यमा २०८० असोज २८ गते घटस्थापनाका दिनदेखि कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्