site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका पाँचजना सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामूहिक राजीनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बिमा बोर्ड अध्यक्षविहीन छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

बोर्डमा नौ महिनादेखि अध्यक्ष नियुक्त नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरुको भनाइ छ ।

राजीनामा दिएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्त गरिनुमा ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ जोडिएको बताए ।

बोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्वन गरेकोमा उनले आपत्ति जनाए । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बिमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनले बताए ।

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २३:३३
प्रतिक्रिया दिनुहोस्