site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘बडादसैँ क्यासब्याक’ र ‘दक्षिणा योजना’

काठमाडौं । कुमारी बैंकले बडादसैँलाई लक्षित गर्दै ‘बडादसैँ दक्षिणा’ र ‘क्यासब्याक योजना’ सार्वजनिक गरेको छ ।

‘क्यासब्याक अफर’ योजनाले महान् चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो योजनाअनुसार कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५० जनालाई बैंकले २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने बैंकले जनाएको छ ।

क्यासब्याक रकम पोस, क्यूआर र अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने जनाइएको छ ।

यो अफर यही कात्तिक ६ देखि ११ गतेसम्मका रहने बैंकले जनाएको छ ।

यस्तै, कुमारी बैंकले विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित क्यासब्याकसँगै ‘बडादसैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरेर कारोबार गर्दा नदोहोरिने गरी पहिलोे एक हजार ४०० जनालाई ५० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ । क्यासब्याक सहभागी हुनेका निम्ति न्यूनतम कारोबार १०० रुपैयाँ हुनुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्