site stats
बाह्रखरी :: Baahrakhari
देश
गायक चक्र बम र कलाकार 'इकु'सहित जुवा खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्पमान स्याङतान 'इकु'सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी काभ्रे पाँचखाल नगरपालिका–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एकलाख ९० हजार ९२० रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्