site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पश्चिममा भूकम्पमा परी जिल्ला बाहिरका तीनजनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा भूकम्पमा परी तीनजना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कामको सिलसिलामा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा दुईजना बर्दियाका र एकजना रोल्पाका व्यक्ति हुन् । मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरूको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । 

त्यस्तै, रुकुमपूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए । रुकुम पश्चिममा भूकम्पमा परी तीनजना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्