site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा एक दिनअघि नै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको आह्वान

भक्तपुर । भक्तपुरका नेवार समुदायले यो वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिनअगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर कात्तिक २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रूपमा आह्वान गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका निम्ति सार्वजनिक सूचना जारी गरिएको नगरप्रमुख प्रजापतिले बताए ।

पञ्चाङ्ग निर्णयक समिति यो वर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोवद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो । भक्तपुर नगरपालिकाले भने २६ गते दिउँसो २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते दिउँसो २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यस दिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते दिउँसो २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकाले सो दिन किजा पूजा अर्थात् भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्