site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवा खेल्दै गरेका सातजना पक्राउ
सांकेतिक तस्बिर।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एन्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङसमेत सातजनालाई नगद रु २३ हजार ६८० र आठ दाना ओखरसहित पक्राउ गरेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्