अर्थ व्यवसाय

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.४२१०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव अर्थ मन्त्रालय र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँ छ । कम्पनीले चार करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ नगद लाभांशवापत वितरण गर्न लागेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्