site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन सकेन : देउवा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनको अभावमा जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल ड्रेमोक्रटिक लयर्स एसोसिएसन (डीएलए नेपाल)को ३४ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानुन बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

देउवाले अहिलेको व्यवस्थामाथि केहीले प्रश्न गर्न थालेको भन्दै सबै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गरे । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरूले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरी छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्