site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भैरहवाबाट देउवाले भने– बालकृष्ण खाँणले न्याय पाउनुहुन्छ
फाइल तस्बिर।

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् ।

आज रुपन्देहीको भैरहवामा कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दिएका कांग्रेस नेता खाँणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बालकृष्ण खाँण यहाँको नेता हो । तपाईँहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो । त्यसकारण तपाईँहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,” देउवाले भने, “तर, मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।”

अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले आफूलाई उनले न्याय पाउने विश्वास लागेको बताए ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । “अरुलाई दोष दिएर के गर्ने ? यहाँ चाहिने कुरा नै छैन । अध्यागमनलगायत कार्यालय छैन,” देउवाले भने, “काठमाडौंमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।” रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्