site stats
बाह्रखरी :: Baahrakhari
देश
‘मेलम्चीको पानी चाँडै काठमाडौं पुर्‍याउँछौँ’

मेलम्ची । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन् ।

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री यादवले भने, “बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौंवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ पुर्‍याउँछौँ ।” 

हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौंवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए । रासस
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्