site stats
बाह्रखरी :: Baahrakhari
देश
उपप्रधानमन्त्री श्रेष्ठको अवस्था सामान्य 

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको समय मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। मुटुमा हल्का असहज महसुस भएपछि गएराति मन्त्री श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । 

डा. अरुण मास्केसहितको चिकित्सकको टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरिसकेको छ । हाल उनी सघन उपचार कक्षमा छन् ।  स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ । चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्