site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । भदौदेखि सञ्चालन गरेको  तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा जसपाले बैठक बोलाएको हो । 

उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिचानका राष्ट्रिय समितिहरूमध्येका लिम्बूवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् ।  जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन् । जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका जसपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । मधेस प्रदेश समितिले पालिका समितिपछि जिल्ला समिति र जिल्ला समिति पुनर्गठन पछि प्रदेश समिति पुनर्गठन गर्नेछ । 

तीन महिने अभियानमा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।  । उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समितिको बैठकलगायत एजेन्डामा आजको बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्