site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति बैठकका लागि गुगल फर्ममार्फत सुझाव संकलन गरिँदै 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको तयारीमा केन्द्रीय पार्टीमात्र हैन केन्द्रीय नेताहरू पनि जुटेका छन् । नीति अधिवेशनको संज्ञा दिइएको पार्टीको महासमिति बैठक यहीँ पुस १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ । 

उक्त महाधिवेशनमा जनताको मत सर्वेक्षण गरेर आएका सुझावहरू बैठकमा प्रस्तुत गर्ने तयारीमा केन्द्रीय नेताहरू छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले जनभावनाअनुसार पार्टीलाई अगाडि बढाउन आफूले प्रविधिको प्रयोग गर्दै गुगल फर्ममार्फत पार्टीका तल्लो पंक्तिको धारणा बुझ्ने काम अघि बढाएको बताए । 

उनले आएका सुझावहरू आफूले नीति महाधिवेशनमा जोडदारका साथ उठाउने बताए । “नीति महाधिवेशनमा कुन–कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेको छु,” उनले भने, “राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ । हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ । पार्टीले नै यो काम गर्नुप¥यो । तर, ढिलो भइसकेकाले कसै न कसैले त गर्नै पर्ने भयो । त्यसैले मैले यो व्यवस्था गरेको हुँ ।”

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्