site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न नपाइने

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रुसी दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यसअघि एक महिनाका लागि ती क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।

CDO-KTM-1703077210.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्