site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेस्रो किसुनजी स्मृति खुला हाफ म्याराथन चैत १७ मा हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)को स्मृतिमा तेस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता–२०८० हुने भएको छ ।

आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेश समितिले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी चैत १७ गते हुने जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजकका अनुसार प्रतियोगिताको रुट गोल्फुटारको बास्केटबल कोटबाट सुरु हुनेछ । त्यसपछि गोल्फुटार बास्केटबल कोटबाट सुरु भएर धुम्बराही चोक, सुकेधारा चोक, धोवीखोला पुल, चाबहिल चोक, मित्रपार्क, जयवागेश्वरी, गौशला, रातोपुल, ज्ञानेश्वर, कमल पोखरी सिटी सेन्टर, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल हल, दरबारमार्ग, केशरमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, महाराजगंज, नारायण गोपाल चोक, बाँसबारी, गोल्फुटार, हात्तीगौंडा, बूढानीलकण्ठ, नारायणथान हुँदै सोही रुट फर्किएर गोल्फुटार बास्केटबल कोटमा नै म्याराथन समापन हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताहरूलाई जनही समान ७५ हजार, दोस्रो हुने खेलाडीलाई जनही ५० हजार र तेस्रो हुने खेलाडीलाई जनही २५ हजार नगदसहित अन्य पुरस्कार पाउनेछन् । प्रतियोगितामा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगदसहित उच्च सम्मान समेत गरिने आयोजकले जनाएका छन् ।

यस्तै, (रन फर अल, वी आर अल डेमोक्रेसी) विधामा स्कुलका विद्यार्थीलगायत सबैको लागि पाँच किमीको महिला तथा पुरुष दौड प्रतियोगिता राखिएको छ । यस विधाको विजेताले जनही समान १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

rut-1706704153.jpeg
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्