site stats
बाह्रखरी :: Baahrakhari
कला
क्यूएफएक्सका अध्यक्ष भन्छन्– भोलि हल बन्द रहन्छ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । क्यूएफएक्स सिनेमाका अध्यक्ष एवं सञ्चालक भास्कर ढुंगानाले भोलि (सोमबार) चलचित्र हलहरू बन्द रहने जानकारी गराएका छन् । यही माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय कार्यान्वयन गरिने उनले उल्लेख गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हल बन्द गर्ने संघको निर्णयप्रति क्यूएफएक्सको समर्थन रहेको जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो ।

“सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको हुँदा अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप २०८० माघ २२ गते एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौँ,” ढुंगानाले फेसबुकमा लेखेका छन्, “साथै, दर्शकवृन्दमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ । र, सबैबाट सहयोगको आशा समेत गर्दछौँ । धन्यवाद ।”

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्