site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति बैठक : ५६ पृष्ठको नीति प्रस्ताव प्रस्तुत हुने 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नाराका साथ महासमिति बैठक सम्पन्न गर्ने भएको छ । 

फागुन ७ देखि १० गतेसम्म ललिपुरको गोदावारीमा महासमिति बैठक हुनेछ । बैठकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार पार्टी मुख्य कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुने बताए । 

“नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पेजको नीति प्रस्ताव हुनेछ,” विश्वकर्माले भने । यो प्रस्ताव उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । 

महासमिति बैठकमा महामन्त्रीहरूद्वयको तर्फबाट सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदनले पेस गरिने पनि उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । “वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरूमाझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्दछ, भन्ने थप विश्वास दिलाउने छ,” विश्वकर्माले भने । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्