site stats
बाह्रखरी :: Baahrakhari
देश
चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले ११ लाख ९४ हजार ४२६ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा इन्जिनियर रुद्रबहादुर वली, सव–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र चंखेली गाउँपालिका–३ का वडाध्यक्ष शालिग्राम ऐडी छन् । 

चंखेली गाउँपालिका–३ स्थित वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी ११ लाख ९४ हजार ४२६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्