site stats
बाह्रखरी :: Baahrakhari
खेल
मनिष बने धादिङ चेस च्याम्पियन

काठमाडौं । नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धादिङ जिल्लाव्यापी बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि धुनिबेसीको खानीखोलाका मनिष कोइरालाले जितेका छन् ।

मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले शनिबार भएको पाँच चरणको खेलमा पाँच जित निकाल्दै च्याम्पियन बनेका हुन् । शतप्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ, राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष लामिछानेलाई हराए । उपाधिसँगै मनिषले सात हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नमुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छीका स्थानीय व्यवसायी विष्णु मिश्र चार अंकसहित दोश्रो स्थानमा भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । वैरेनीका रोशन दुवाडीले डाइरेक्ट इन्काउन्टरका आधारमा चार अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल भए । उनले नगद तीन हजार रुपैयाँ प्राप्त गरे ।

शनिबार भएको समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे । शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल र नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजी महर्जनले विजयी खेलाडी कोइरालालाई ट्रफी प्रदान गरे ।

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्