site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महन्थ ठाकुरलाई झाको पत्र– गति बढाउन ‘गियर चेन्ज’ गर्ने बेला भयो
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाउँदै नेतृत्वको स्वःमूल्यांकन गर्ने बेला भयो कि भन्दै प्रश्न सोधेका छन् । 

झाले शनिबार पत्र पठाउँदै भनेका छन्, “आज १६ वर्ष भयो, मधेसको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्वःमूल्यांकन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू ? तमलोपादेखि लोसपासम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेसी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेस परित्याग गरेर मधेस राजनीतिमा होमिँदा ठाकुरले ‘बाँचे भने मधेसमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको बास बस्छु’ भनेको स्मरण झाले गराएका छन् । 

झाले ठाकुरलाई गति बढाउनलाई ‘गियर चेन्ज’ गर्ने बेला भएको सुझाव पनि दिएका छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिन पनि भनेका छन् । “अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्ष ज्यू”, झाको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्