site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकहरूमा तरलता सहज छ, निक्षेप र कर्जा लगानी बढेको छ : अर्थमन्त्री महत  

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी अर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्दै बैक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको बताएका हुन् ।

“बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल विन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ,” उनले भने, “वृत्त र मौद्रिक नीतिलाई एउटै लयमा लैजान गरिएको प्रयासले यो सम्भव भएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थतन्त्र लयमा फर्काउन निजी क्षेत्रसँग गरिएका प्रयासले केही सुधार भएको उनको भनाइ छ । आगामी वर्ष निजी क्षेत्रको लगानी बढाउन वातावरण बनाउने पनि बताए ।

त्यस्तै, तेस्रो लगानी सम्मेलनबाट स्वदेशी र विदेशी लगानीकर्तालाई प्रोत्साहन गरिने पनि बताए । त्यसका लागि आवश्यक कानुन संशोधन गरिने उनको भनाइ छ । सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्