site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाले भने– प्रचण्डले कुनै पनि दिन धोका दिन्थे
फाइल तस्बिर ।

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेबाज भएको निष्कर्ष पदाधिकारी बैठकमा सुनाएका छन् । प्रधानमन्त्रीलाई काम गर्न अनुकूल पार्न आफूले हर प्रयत्न गरे पनि उनले भने धोका दिएर गठबन्धन तोडेको देउवाको भनाइ थियो । 

पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रचण्डले धोका दिन्छन् भनेर आफू सतर्क रहे पनि उनले आफ्नो अश्लियत नत्यागेको बताएका थिए । एक पदाधिकारीका अनुसार देउवाले बैठकमा यस्तो ब्रिफिङ गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मैले गठबन्धनमा आशंका नबढोस् भनेर केपी ओलीको फोन आउँदा समेत टार्ने काम गरे,” देउवाले बैठकमा भनेका थिए, “तर, उनले धोका दिएर गठबन्धन तोडे । गठबन्धन तोड्नु कांग्रेसलाई मात्र होइन जनतालाई समेत धोका दिएको हो ।” 

प्रचण्डले अर्थमन्त्री फेर्न प्रस्ताव गरेपछि देउवाले अर्थमन्त्रीमार्फत के काम गर्नुपर्‍यो म सहजीकरण गर्छु भनेर समेत प्रधानमन्त्रीसँग भेटमा भनेको उल्लेख गरेका थिए । उनले कुनै मन्त्रीलाई अभियोग लाग्यो भनेर हटाउने कुरा उपयुक्त नभएको भन्दै त्यसको पुष्टि भएपछि हटाउन आफूले सल्लाह दिएको बताएका थिए । तर, प्रधानमन्त्री सरकार सञ्चालनको सहजता नभएर अर्कै कुराबाट प्रभावित भएको बताएका थिए । उनले त्यो अर्कै कुरा के थियो भन्ने प्रष्ट पारेका छैनन् । 

“उनको नियत नै ठिक थिएन र उनी गठबन्धन फेर्ने निर्णयमा पुगेका हुन्,” देउवाले बैठकमा भनेका थिए, “मन्त्री फेर्ने बहाना मात्र हो ।”

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्