site stats
बाह्रखरी :: Baahrakhari
देश
निजामती विधेयक : अवकाशको उमेरहद ६० वर्ष प्रस्ताव

काठमाडौं । निजामती कर्मचारी ६० वर्ष पुगेपछि अवकाश पाउनेगरी विधेयक तयार पारिएको छ । 

सरकारले सोमबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा दर्ता गराएको छ । दर्ता भएको विधेयकमा ६० वर्ष पुगेपछि निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालको निजामती ऐन २०४९ अनुसार निजामती कर्मचारीले ५८ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने व्यवस्था छ । अहिलेको विधेयकमा सरकारले दुई वर्ष थप गरेर अवकाशको उमेर ६० वर्ष पुर्‍याएको हो । 

“निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ,” दर्ता गरिएको विधेयकमा लेखिएको छ, “तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद ५८ वर्ष कायम रहनेछ ।”

विधेयकअनुसार राजपत्रांकित विशिष्ट श्रेणीका निजामती कर्मचारीको हकमा दफा २४ बमोजिमको पदावधि वा उपदफा (१) बमोजिमको उमेरमध्ये जुन आधारमा पहिले अवकाश हुने हो सोही आधारमा अवकाश हुनेछ भनि उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्