site stats
बाह्रखरी :: Baahrakhari
कला
जितु नेपाललाई प्रश्न– मुन्द्रेको कमेडी क्लब किन बन्द भयो ?

काठमाडौं । हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रको कमेडी क्लब’ बन्द भएको छ । तेस्रो सिजन ५२ भाग प्रशारण भएपछि कार्यक्रम बन्द भएको हो । 

पहिलो सिजन ७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन ५६ भाग प्रशारण भएको थियो । तेस्रो सिजनको अन्तिम भाग आज प्रशारण हुने जिुतले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एकै खालको कमेडी धेरै भयो भन्ने लाग्यो । अतिथि ल्याएर यस्तो खालको कार्यक्रम गर्ने रहर थियो, गरेँ,” जितु बाह्रखरीसँग भन्छन्, “बजार, प्रोडुसरको अभाव, विज्ञापन अभावलगायत कारणले बन्द गर्नु परेको हो ।” 

बजेट पर्याप्त नहुँदा सोचेअनुसारको कार्यक्रम गर्न नसकेको उनले बताए । ९५ प्रतिशत रिस्क हुने सिनेमामा करोडौं रुपैयाँ लगानी गर्न तयार हुने निर्माता टेलिभिजन कार्यक्रममा भने लगानी गर्न हिचकिचाउने गरेको जितुको अनुभव छ । 

“अर्को मलाई खड्किएको कुरा मैले कार्यक्रम गर्दा छिमेकीको कपी गरेको भनेर गाली खानुपर्ने तर मेरोजस्तै कार्यक्रम अरुले गर्दा चाहिँ त्यो किताव हुने ?,” उनको असन्तुष्टि छ, “राम्रो कार्यक्रम गर्न बजेट छैन, जस्तो बजेट त्यस्तै कार्यक्रम गर्दा गाली खाइन्छ ।” 

अब केही समय लिएर फरक खालको कमेडी गर्ने उनले स्पष्ट पारे । “एकै खालको कमेडी भयो । अब फरक खालको कमेडी गर्नुपर्छ भन्ने लागेको छ,” उनले भने, “तर यसका लागि समय भने लाग्नेछ ।”  

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्