site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशलाई स्वर्णिमको जवाफ : हाम्रो पार्टीका अधिकार क्षेत्रमा प्रवेश नगर्नु होला

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले जवाफ फर्काएका छन् । शर्माले रास्वपाले देशमा केही हुँदैन भन्दै फैलाएको निराशा आफैँले चिर्दै गएको र ‘नो नट एगेन’ भन्दै बुढा नेतालाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने नारा चुनावमा ल्याएर अहिले तीनै बुढा नेताको समर्थन पटक पटक सरकारमा गएको विषय उठाएका थिए । 

डा. वाग्लेले ती प्रश्नको सिधा जवाफ दिएनन् । उनले अटलविहारी बाजपेयी १३ दिनको प्रधानमन्त्री बनेको अनुभवका आधारमा पाँच वर्ष कुशल शासन प्रदान गरेको बताए । उनले प्रधनमन्त्रीले व्यक्तिगत लिगेसीका लागि पनि गठबन्धन तोड्नु उचित भएको उनले तर्क गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एउटा औसत नेताले त आफ्नो छविको ख्याल हुन्छ भने संघर्षपूर्ण इतिहास भएको वरिष्ठ नेतालाई त पक्कै हुन्छ,” डा. स्वर्णिमले भने, “सशस्त्र द्वन्द्वप्रति विमति राख्दै सिमान्तकृतका अधिकारका विषयमा म समर्थन गर्छु ।” उनले प्रधानमन्त्रीको केही गर्छु भन्ने हुटहुँटीलाई रास्वपाले जोखिम मोलेर समर्थन दिएको बताए । 

“ब्याज खाएर होइन प्रधानमन्त्रीको आफ्नो लिगेसीलाई फराकिलो बनाउने विषयमा हामीले जोखिम मोलेर साथ दिएका हौँ,” डा. वाग्लेले भने, “नयाँ पार्टी हो सरकारमा नगएर चोखो बसेको भए हुन्थ्यो, ०८४ मा बहुमत ल्याएर सरकार चलाएको भए हुन्थ्यो भन्ने मत हाम्रो पार्टीभित्र पनि छ बाहिर पनि छ ।” उनले अवसर पाउँदा सत्तामा जानु अनुभवका लागि उपयुक्त हुने बताए । 

उनले कांग्रेस महामन्त्री शर्माले उठाएका प्रश्नमा पार्टीभित्रका विषयमा प्रवेश नगर्न आग्रह गरे । “अवसर आएपछि शासन गर्न पर्छ, चेस खेल्न बसेपछि गोटी चाल्नै पर्छ,” शर्मालाई जवाफ दिँदै वाग्लेले भने, “शासनमा जाने वा बाहिर बस्ने विषय हाम्रो पार्टीलाई छोड्दिनुहोला, प्रवेश नगरिदिनुहोला ।”

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्