site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैदेशिक रोजगारीमा जानेको मासिक तलब एक लाख तोकियोस् : सांसद राई
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए । 

“वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख दिएर पठाइरहेको छ । तर, कतिले काम पाइरहेको छैन । भनिरहेको कम्पनीमा काम पाइरहेको छैन । बेरोजगार भएर जेलमा जसरी बस्नुपरेको छ । यसमा सरकारले पहलकदमी लियोस्,” उनले भने, “विदेश पठाउँदा कम्तीमा यहाँका नेपाली दाजुभाइहरूलाई एक लाख बराबरको महिनाको तलब तोकेर मात्र पठाउने गरियोस् ।” 

त्यस्तै, उनले ०७२ सालमा गएको भूकम्प पीडितलाई राहत रकमको किस्ता उपलब्ध गराउन पनि माग गरे । “सरकारले अहिले पनि वक्यौता दिन बाँकी छ,” राईले भने, “यो राहत हो कि आहत हो ? राहत भए तुरुन्त भुक्तानी दिनुपर्‍यो ।”

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्