site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा महालक्ष्मी विकास बैंकले सेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । 

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सी–आस्वा तथा टीएमस खाताको सुविधा एकै खातामार्फत लिन सक्ने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टीएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सी–आस्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टीएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।

यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्