site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविमा उत्कृष्ट थेसिस लेख्नेलाई २५ हजार 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले शोधकार्य (थेसिस)का लागि आर्थिक सहयोग पाउने भएका छन् ।

मंगलबार नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बीच उक्त विषयमा समझदारी भएको छ । स्ववियु सभापति श्यामराज ओझाका अनुसार शैक्षिक सत्र २०८०/०८१ देखि लागु हुने गरी सिनासवृत्ति उपलब्ध गराउने उद्देश्यले सिनास र स्ववियु बीच तीन बुँदे सहमति भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहमतिअनुसार त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नको लागि प्रतिविभाग एक विद्यार्थी सिनासवृत्ति स्थापना गरिने सहमति भएको छ ।

“सिनासवृत्ति विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार प्रदान हुनेछ,” ओझाले भने, “केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बाट निरन्तर रूपमा सञ्चालनमा ल्याइनेछ ।”
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्